रोजगारीको शिलशिलामा कतार र मलेसिया बसेका सन्तोस इटाली छिर्न खोज्दा सधैको लागि बिदा भए

लिबियामा हवाई आक्रमणमा परी मा रिएका लमजुगंका सन्तोष श्रेष्ठको श व सरकारको पहलमा नेपाल ल्याइने भएको छ । युरोपियन मुलुक इटाली नपुग्दै लिबियामा हवाई आ क्रमणमा परृका सन्तोष सहित ४० जना आप्रवासी शरणार्थीको मृ त्यु भएको थियो । वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्ष मलेसिया र १८ महिना कतार बसेका २७ वर्षीय सन्तोष ४ महिनाअघि मात्र लिविया पुगेका थिए ।

हवाई आ क्रमणमा पर्न केही दिन अघि मात्रै उनले घरमा बा आमालाई फोन गरेर इटाली छिर्ने तयारीमा रहेको र इटाली पुगेपछि प्रहरीले केही दिन जेलमा राख्न सक्ने हुँदा नआत्तिन संकेत गरेका सन्तोष इटाली नछिर्दै लिबियााबाट सँँधैका लागी बिदा भए ।

बुढा बा आमाको दुख सुखका सहारा सन्तोषले परदेशमा नै उपचारका क्रममा ज्या न गुमाए । छोराको निधनले २ महिनाभन्दा बढी समयदेखि खान सुत्न छाडेका बा आमाले मृ त छोराको श व अन्तिम पटक हेर्न गरेको प्रतिक्षा पनि बडा मुस्किलले पूरा हुँदैछ । त्यो पनि सरकारले गरिदिएको विशेष पहलमा सन्तोषको श व नेपाल आउने भएको छ ।

नेपाल सरकारको बिशेष पहलमा १० गते शुक्रबार श्रेष्ठको श व नेपाल आउने भएको हो । श्रेष्ठको श व ल्याउन सरकारले ५ लाख ५० हजार रुपैयाँ इजिप्टको कायरोस्थित नेपाली दूतावासमा पठाएपछि सन्तोषको श व बल्ल नेपाल ल्याउन लागीएको हो ।

कमेन्ट गर्नुहोस्
Loading...