४४ वर्षपछि भैसी लड्यो, दार्जीलिङका डेजी र चन्दनको वाहवाही- भिडियो

नेपाली सांगीतिक जगतमा कालजयी श्रष्टा डेजी बराईली र चन्दन लोम्जेल सबै नेपालीको मनमा बस्न सफल नाम हुन् । यदि मान्छेले उनीहरुको नाम नै ठ्याक्क याद गरेनन भनेपनि बराइलीको भैसी लड्यो र लोम्जेलले संगीत भरेको मेरा सबै रात सबैले सम्झिन्छन । बराईलीले आज भन्दा ४४ बर्ष अगाडी “भैसी लड्यो है” बोलको गित गएकी थिईन् । जुन यतिबेला फेरी एकपटक धेरै मानिसको मुख मुखमा झुण्डिएको छ ।

नेपालको चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा बराइलीकि आफ्नै छोरी बिमोचना लोम्जेलले यो गीत गाउदा कोचहरु मात्र फर्किएनन कार्यक्रममा उपस्थित दर्शक र कार्यक्रम हेर्ने लाखौ श्रोता पनि पुरानी स्मृतिमा फर्किए । बिमोचनले गीत गाइरहदा फ्याम्ली रुमबाट आमा डेजी र बुवा चन्दनले खुसिको सास फेरिरहेका थिए । संगीतको त्यो ठुलो स्टेजमा कालजयी गीत गुन्जिनु आफैमा ठुलो कुरा थियो भने उक्त कालजयी गीतका गायिकाकि छोरीले नै यो गीत गाउनु अनौठो संयोग पनि थियो । अझै ठुलो संयोग त उनकी आमाले समेत ४४ बर्ष पछी यो गीत त्यहि स्टेजमा गाइन । कोचहरु मात्र होइन देश बिदेशमा रहेका लाखौ नेपाली गीत संगीतप्रेमीले ससम्मान उनीहरुको तारिफ गरे ।

आज भन्दा ४४ बर्ष पहिले नै निकै चर्चा कमाएको उक्त गीत यतिबेला भने अन्तराष्ट्रिय फ़्रेञ्चाईज शो ‘द भ्वाईस अफ नेपाल’मा डेजिकै छोरी बिमोचनाले गाएपछि एकाएक चर्चामा आएको छ । यतिबेला विभिन्न सामाजीक संजालमा यो गीत निकै भाइरल बनिरहेको छ । भारतको दार्जिलिङमा बसेपनि नेपाली हुनुमा गर्व गर्ने लोम्जेल दम्पति हरेक नेपालीको मन जित्न सफल भए । नारायण गोपालको गीत मेरा सबै रातमा संगीत गरेका संगीतकार चन्दन लोम्जेलले थुप्रै गीतमा संगीत भरेका छन् ।

 

कमेन्ट गर्नुहोस्
Loading...
You might also like
Loading...

Leave A Reply

Your email address will not be published.