अर्जुन घिमिरे “पाँडेको” आज जन्म दिन

काठमाडौं ९ असोज / आजभन्दा ३३ बर्ष अगाडि नुवाकोट जिल्लाको किसान परिवारमा जन्मिएका अर्जुन घिमिरे पाँडेको आज शुभ जन्मदिन परेको छ ।

पाँडे नामले परिचित हास्यकलाकार अर्जुन घिमिरे ६ कक्षामा पढ्दा पढ्दै कलाकारिता क्षेत्रमा लागेका थिए । सन्तोष पन्तको “हिजो आजको कुरा” हास्य टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेका पाडे बिचमा कलाकारिता छाडेर नेपाली सेनामा भर्ती भए ।

नेपाली सेनामा २ बर्ष जागिर खाएर भागेका अर्जुन घिमिरे “बाउन्न घुस्सा त्रिपन्न ठक्कर” नाम टेलिसिरियलबाट पुन: कलाकारितामा फर्किएपछि उनको भेट कुमार कट्टेल जिग्री सँग भएको बताउँछन् ।

अभिनय सँगै निर्देशन र लेखनलाई पनि अगाडि बढाउँदै “सिस्नो पानी” नाम टेलिसिरियल ल्याएका थिए तर; उक्त सिरियलले भनेजस्तो उचाइ लिन नसकेपछि “भद्रगोल” टेलिसिरियल बनाएका हुन् ।

६ बर्ष सम्म भद्रगोलमा लेखन / निर्देशन गर्दै आएका अर्जुन घिमिरे पाँडे लगायतका पुराना टिमले अहिले भद्रगोलबाट बाहिरिएर नयाँ “सक्कोगोनी” नाम सिरियल निर्माण गर्दै आइरहेका छन् ।

अर्जुन घिमिरे पाँडेलाई चौतारी मिडियाको तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना !

कमेन्ट गर्नुहोस्
Loading...
You might also like
Loading...

Leave A Reply

Your email address will not be published.