अमेरिकामा कारले ठक्कर दिँदा विष्णुप्रसादको निधन, पतिको निधनको खबर सुनेपछि श्रीमती परिन मुर्छा

काठमाडौँ- अमेरिकामा कारले ठक्कर दिँदा एक नेपालीको मृत्यु भउको छ । मत्यु हुनेमा महोत्तरीको बर्दिबास घर भएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा रहेका छन् । अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा भएको सडक दुर्घटनामा सापकोटाको निधन भएको समाचारमा जनाइएको छ ।

बुधबार बिहान मर्निङ वाकमा रहेका सापकोटालाई बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिएको थियो।सापकोटाको निधन भएको खबरले उनकी श्रीमती विमला सापकोटा बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ । मृतक सापकोटाको पार्थिव शरीर स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

कमेन्ट गर्नुहोस्
Loading...