तेजाब आक्रमणमा परेर गम्भिर घाइते भएकी वीरगन्जकी मुस्कान खातुनलाई भारतीय नायक बरुण धवनले देखाए भेट्ने इच्छा, हेर्नुहोस् यो भाइरल (भिडियो)

काठमाडौं । बलिउडका चर्चित नायक वरुण धवनले तेजाब आक्रमणमा परेर गम्भिर घाइते भएकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुनको हौसला बढाउँदै भिडियो कल गरेर शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बरुणले चर्चित नायिका कृति सेननबाट आँफुले १४ वर्षीया मुस्कान खातुनको एसिड आक्रमणबारे थाहा पाएको र आँफु दुखित भएको बताएका छन् । मुस्कान पढाइमा अब्बल र सुन्दरी भएका कारण उनकै विद्यालयमा पढ्ने दुईजना अर्का विद्यार्थीले उनीमाथि तेजाब आक्रमण गरेको मुस्कानको पारिवारिक स्रोतले जनाएको छ ।

अभिनेता धवनले उक्त भिडियोमा मुस्कानलाई फेरि आफ्नो अध्ययनलाई प्राथमिकता दिनु भन्दै चाँडै स्वस्थ हुन शुभकामना दिँदै भनेका छन् म मुस्कानलाई प्रत्यक्ष भेट्न चाहान्छु् । समाजिक सञ्जाल ट्विटरमा वरुणले मुस्कानलाई प्रेम र प्रार्थना पठाउँदै व्यक्तिगत रूपमा भेट्न चाहेको लेखेका छन् ।

 

कमेन्ट गर्नुहोस्
Loading...
You might also like
Loading...

Leave A Reply

Your email address will not be published.