भद्रगोलका चर्चित एवं मुख्य पात्र बले र रक्षालाई “टिकटकले डुबायो” -हेर्नुहोस (भिडियो सहित)

काठमान्डौ-हास्य टेलि चलचित्र भद्रगोलका मुख्य पात्र बले र रक्षाको नयाँ फिर्चड गीत सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको टिकटकले डुबायो बोलको गीतमा रमेश श्रेष्ठको आवाज रहेको छ । निकै रमाइलो शैलीको गीतमा बले र रक्षा फिचर्ड छन् । उक्त गीतमा टिकटकले पारेको असरलाई देखाइएको छ ।

सागर लम्साल (बले) र रक्षा श्रेष्ठ चर्चित टेलिसिरियल भद्रगोल बाट चर्चामा आएका हुन् । भद्रगोल दर्शकले सबैभन्दा बढी हेर्ने र मन पराउने टेलिसिरियल हो । रक्षा र बलेले एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

(भिडियोको लागि अन्तिममा हेर्नुहोला)

* भद्रगोलकी मायालु रक्षा वास्तविक जीवनमा रुन्ची
हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठको सौन्दर्यका दिवानाहरु धेरै छन् । म्युजिक भिडियोहरुमा राम्रै जमेकी यी सुन्दरी ठूलो पर्दामा भने अहिलेसम्म झुल्किएकी छैनन् । उनको रुपका प्रशंसकहरुले खासगरी उनको आँखा र मुस्कानको तारिफ गर्छन् । उनी आफैं पनि कहिलेकाहीँ ऐनामा आफूलाई नियाल्छिन्, र साँच्चै सुन्दर पाउँछिन आफ्नो आँखा । आँखाबाहेक आफ्नो नाक पनि उनलाई मन पर्छ ।

रक्षालाई मन नपरेको आफ्नै शरीरको अंग चाहिँ के होला ?

‘कपाल’ उनी सहजै जवाफ दिन्छिन्, ‘मलाई लरक्क परेको स्ट्रेट कपाल मन पर्छ, तर मेरो अली कर्ली छ ।’ स्वभावको कुरा गरौं । उनलाई सितीमिति रिस उठ्दैन । उठिहाले पनि ठुस्स परेर बस्दिनन् । ‘म कुनै कुरामा इगो पालेर बस्दिन, गल्ति गर्नेलाई पनि छिट्टै माफ गरिहाल्छु,’ रक्षा भन्छिन् ।

उनको त्यही स्वभावले धेरै घाटा पनि भएको रहेछ । उनले अहिले पनि धेरै मान्छेसँग काम गरेको पैसा लिनु पर्ने छ । तर, ताकेता गर्दिनन् । ‘एक-दुई पटक माग्छु त्यसपछि आफैंलाई अप्ठेरो लाग्छ,’ रक्षाले भनिन् ‘त्यहि भएर होला कतिले पैसा दिएका छैनन् ।’

भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन । ‘मलाई रुन ठूलो कारण चाहिँदैन, त्यत्तिकै पनि आँशु आइहाल्छ,’ उनी भन्छिन् ।

यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् । आफ्नो स्वभाव अलि हाउडे लाग्छ उनलाई । गमक्क परेर बस्नै सक्दिनन् ।

लोभी चाहिँ कत्तिको छिन् ?
‘जसले काम गरेको पारिश्रमिक त लिएको छैन त्यस्तो मान्छे लोभी हुन्छ ?’ उल्टै प्रश्न गरिन् । फर्केर हेर्दा आफू अहिलेसम्म सफल नै भएजस्तो लाग्छ उनलाई । भद्रगोलबाट आउने रेस्पोन्सले उनी मख्ख पर्ने गर्छिन् । फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई । उनको अर्को सौख छ, पिकनिक जाने । पिकनिकमा उलाई निकै रमाइलो लाग्छ । तर, तीन वर्षदेखि पिक्निक जान नपाएको सुनाइन् ।

‘हरेक वर्ष कार्यक्रम बनायो । कहिले सुटिङ पर्छ, कहिले के, जानै पाएको छैन,’ रक्षाले आफैसँग गनगन गरिन् । यो वर्ष भने जसरी पनि पिकनिक जाने योजना छ उनको । आफूलाई रोमान्टिक बताउने रक्षा धार्मिक प्रवृत्तिकी पनि छिन् । हरेक दिन बिहान उठेपछि पुजा नगरी मुखमा केही हाल्दिनन् ।

एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् । राम्रो स्त्रिmप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् ।

तीन दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी रक्षा श्रेष्ठले केहि विज्ञापनमा पनि काम गरेकी छिन् । ठूलो पर्दाको चलचित्रबाट प्रस्ताव आएपनि उनको रुची सिरियलमै छ । फुर्सदमा सिनेमा हेरेर बस्ने गरेकी रक्षालाई सुटिङमा भने निकै रमाईलो लाग्छ । उनै कलाकारसँग अनलाइनखबरले गरेको टि-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ६ बजे उठिसक्छु । सुटिङ हुँदा त अझ छिटो उठ्नुपर्छ । सुटिङ नहँुदा पनि ६ बजे उठिसकेको हुन्छु । उठेपछि एक घण्टा जति मर्निङवाक जान्छु ।

चिया अनि ब्रेकफाष्ट ?
चिया साँढे सात बजेतिर हुन्छ । खासै चिया खान्नँ, ग्यासटि्रक नहोस् भन्नका लागि साँढे सात बजेतिर एक कप कालो चिया खान्छु । ब्रेकफाष्टको रुपमा बिस्कुट र कहिलकाही उसिनेको अण्डा खान्छु ।

आजको कार्यक्रम ?
अहिले म मर्खुभन्ज्याङमा छु । अहिले ‘भद्रगोल’को सुटिङ भइरहेको छ । आजको दिन सुटिङ गरेरै बित्छ ।

फुर्सदको बेला के गर्नुहुन्छ ?
फुर्सदको बेला त घर तिरै हुन्छु । त्यहि त हो चलचित्र हेर्ने, फेसबुक चलाउने घरको काम पनि गर्छु ।

घरको काम के के गर्नुहुन्छ ?
सब थोक गर्छु । भात पकाउनेदेखि घर पुछ्नेसम्म सबै काम गर्छु ।

अनि फेसबुक ?
चलाउँछु तर, फेसबुकमै झुण्डिने बानी भने छैन । अपडेट हुनका लागि वेला वेलामा फेसबुक चलाउँछु ।

ब्लक कतिलाई गर्नु भयो होला ?
भयो होला ३०/४० जना जति । साथी हुन्नन् तर, जे पायो त्यहि कमेन्ट गर्नेहरुलाई ब्लक गरिदिन्छु ।

दिनमा कति खर्च हुन्छ ?
रिचार्ज कार्ड, खाजा सबै गर्दा धेरै नै खर्च हुन्छ तर, म भन्नै सक्दिनँ, यति नै हुन्छ भनेर त । अहिलेसम्म हिसाबै गरेकी छैन ।

आफूले कमाएको पैसा आफैंलाई ठिक्क हुन्छ कि घरमा पनि दिनुहुन्छ ?
अलि अलि त दिन्छु । सपिङलगायत अन्य कामका लागि आफ्नै कमाई खर्च गर्छु ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
अहिलेसम्म छैन । मलाई त्यस्तो कुरामा विश्वासै लाग्दैन ।

के गर्दा रमाईलो लाग्छ ?
मलाई प्रायः सुटिङमा रमाईलो लाग्छ ।

अनि चलचित्रवाट प्रस्ताव आएको छैन ?
केहि चलचित्रबाट प्रस्ताव आएको छ तर, मलाई चलचित्र भन्दा सिरियल र विज्ञापनमै काम गर्दा रमाईलो लाग्छ ।

भविष्यमा के गर्ने योजना छ ?
अभिनय गरेर मात्रै त हुन्न होला । कपडाको होलसेलको ब्यापार गर्ने योजनामा छु ।(इपरेवाबाट)

भिडियो हेर्नुहोस….

 

कमेन्ट गर्नुहोस्
Loading...